नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा एक लाख ६९ हजार ९०० सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update