नेपाल न्युज प्वाइन्ट डटकम
उदयपुर जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं : धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ । 

को१ज २५९३ नम्बरको जिप बिहीबार दिउँसो साढे १ बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत हुन नसकेको बताए । जिप सडकबाट करिब तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update