नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल युगान्डासँग पराजित

काठमाडौं : नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पराजित भएको छ । बिहीबार भएको खेलमा घरेलु टोली युगान्डासँग नेपाल ४१ रनले पराजित भएको हो । चौथो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँच जना खेलाडीले खाता नै खोल्न सकेनन् । युगान्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । जानेत माबाजी र कोन्सी लेटले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका लागि रिया शर्माले २ तथा रुविना क्षेत्री, पूजा महतो र इश्वरी बिष्टले समान १–१ विकेट लिए ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगान्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update