नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुनको मूल्य तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार रुपैयाँ कायम भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update