नेपाल न्युज प्वाइन्ट डटकम
हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं : युगान्डामा जारी चार देश सम्मिलित टी-२० क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गर्दै सान्त्वना जित निकालेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । सो क्रममा उनले ४३ बलमा ३ चौका प्रहार गरिन् ।

कप्तान इन्दु बर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् । रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १-१ विकेट लिए ।

त्यसअघि इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

हङकङका लागि शान्जिन शहजादलेअर्धशतकीय इनिङ खेलिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाइन् ।

चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् । नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update