नेपाल न्युज प्वाइन्ट डटकम
एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं : नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । 

सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update