
सिन्धुपाल्चोक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संज्ञा दिएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित माओवादी केन्द्रको नगर समिति सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले दरबार हत्याकाण्डका मुख्य योजनाकार ज्ञानेन्द्र रहेको नेपाली जनताले थाहा पाइसकेको जिकिर गरे ।
१९ जेठ २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुनेगरी दरबार हत्याकाण्ड भएको थियो । वीरेन्द्रको वंशनास भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । दरबार हत्याकाण्डको वास्तविकता बाहिर नआएका बेला प्रचण्डले ज्ञानेन्द्र शाहलाई मुख्य योजनाकार भनेका हुन् ।
'भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनीहरूको परिवारभित्रै थिए नि । सबैले बुझेका छन् को हो मुख्य योजनाकार भन्ने त । त्यो जनतालाई थाहा छ', प्रचण्डले शुक्रबार भने ।