नेपाल न्युज प्वाइन्ट डटकम
पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको छ ।

शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । 

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ । 

यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update