नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला चार सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।  चाँदी प्रतितोला ५ रुपैयाँले घटेर  २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update