नेपाल न्युज प्वाइन्ट डटकम
आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु

टेक्सस : अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन् । दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए। टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।

साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ । त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ। साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ ।

त्यसैगरी तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ । राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ ।

विभागले अझ डरलाग्दो समस्याको आंकलन गरेको छ । मिसाउरीको आपतकालीन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ ।

अरान्कासमा तीन जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन्। ओकाहामामा पनि एक जानको ज्यान गएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update