
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने एकजना युवा पक्राउ परेका छन् ।
प्रचण्डको तस्बिर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई चितवन प्रहरीको सहयोगमा मकवानपुर प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
चितवनको भरतपुर विमानस्थलबाट काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिबार हेटौंडामा भएको पार्टीको कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १३:४९
प्रतिक्रिया दिनुहोस्