
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका कार्यकर्ता निराजन बमलाई पक्राउ गरिएको विषयले आइतबार संसदसमेत तातेको बेला प्रचण्डले भने पक्राउको विरोध गरेका छन् ।
हेटौँडामा आयोजित एक कार्यक्रममा राप्रपाको युवक संगठनका सदस्य सचिव निराजन बमले प्रचण्डको फोटो जलाएका थिए । त्यसपछि उनलाई आइतबार चितवनस्थित भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई तत्काल रिहा गर्न राप्रपाले माग गरेको छ ।
प्रचण्डले भने फोटो जलाउनेलाई पक्राउ गर्नु उचित नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।'
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १९:४६
प्रतिक्रिया दिनुहोस्