
काठमाडौं : सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
म्याट रोस प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनले घोषणा गरेको पहिलो टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् । जसमा गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी छन् ।
नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बु, दीप कार्की र अन्जल श्रेष्ठ, डिफेन्डर अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ, मिडफिल्डर रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु र आयुष घलान तथा फरवार्ड जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम र रेजिन सुब्बा रहेका छन् ।