
काठमाडौं : राप्रपाका नेता नवराज सुवेदीले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । राजसंस्था पुनः स्थापनका लागि ठुला दलहरू छिटो नवीन समझदारीमा आउनु भन्ने उद्देश्यका साथ सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा गरिएको छ ।
जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष तथा राप्रपाका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा।प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् । मिश्र सदस्य सचिव रहेका छन् ।
संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनजस्ता एजेन्डामा केन्द्रित रहेर समितिले काम गर्नेछ।
समितिको प्रमुख सल्लाहकारकम जगमान गुरूङ, बुद्धिराज बज्राचार्य, शास्त्र तत्त्व पन्थ, राजेश अहिराज र खेमराज सेढाइ रहेका छन्।