नेपाल न्युज प्वाइन्ट डटकम
सीआईबीले बुझ्यो सुन तस्करीसम्बन्धी आयोगको प्रतिवेदन

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीसम्बन्धी अनुसन्धान गर्ने गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ ।

सीआईबीले आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको हो ।

आइतबार प्रतिवेदन बुझेपछि यसको अध्ययन गरेर आयोगले कारवाहीको सिफारिस गरेकामाथि सीआईबीले थप अनुसन्धान र कारवाही गर्नेछ ।

अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउने सीआईबीको तयारी छ ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन, भेपमार्फत आएको सुन र अन्य नाकाबाट भएको तस्करी सम्बन्धमा प्रतिवेदन अध्यायन हुनेछ ।

जाँचबुझ आयोगले राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लगाउँदै यसअघि सीआईबीकी प्रमुख किरण बज्राचार्यसहित अनुसन्धानमा सम्लग्न एसपी र डीएसपीसम्मलाई कारवाही गर्न भनिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update