नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । २ सय रुपैयाँले बढेर आज प्रतितोला  १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । 

मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update