नेपाल न्युज प्वाइन्ट डटकम
इटहरीको सेन्टर प्लाजामा आगलागी

काठमाडौंः सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।

प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा छैटौं तलामा रहेका केही मानिस फसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फसेकाहरूको उद्धार र आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update