नेपाल न्युज प्वाइन्ट डटकम
काभ्रेका जिसस प्रमुख पक्राउ

काभ्रे : काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।

बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update