नेपाल न्युज प्वाइन्ट डटकम
विपक्षी दलकाे विराेधपछि प्रतिनिधिसभाकाे बैठक स्थगित

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए ।

त्यसपछि सूचना टाँस गरेर ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । ३ बजेपछि फेरि बैठक सुरु भए पनि विपक्षीको अवरोध कायमै रह्यो ।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालका लागि सहयोग गर्न आह्वान गरे पनि विपक्षी दलहरू आफ्नो मागमा अडिग रहे र नारावाजी गरिरहे । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् । बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update