नेपाल न्युज प्वाइन्ट डटकम
सर्वोच्चमा कुलमानको रिट दर्ता, पेसी शुक्रबार

काठमाडौंः कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दावी गर्दै पेस गरेको रिट निवेदन बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर उनले बुधबार रिट निवेदन पेस गरेका थिए ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ शुक्रबार गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update