नेपाल न्युज प्वाइन्ट डटकम
महरालाई ४ दिन हिरासतमा राख्न अनुमति, स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा साेमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए ।

लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । महराको भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग निकट सम्बन्ध देखिएको थियो ।

यसैबीच महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update