नेपाल न्युज प्वाइन्ट डटकम
प्रतिनिधिसभा बैठक १७ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

संसद सचिवालयका अनुसार बैठक चैत १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरेको थियो । 

तर विपक्षी दलसँग सहमति नजुटेपछि आज पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update