नेपाल न्युज प्वाइन्ट डटकम
तीनकुनेमा राजावादीले गरे स्थानीयको घर तोडफोड

काठमाडौं : काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेका छन् ।

तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो ।

त्यसपछि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।

ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले प्रहरीमाथि पनि ढुंगा प्रहार गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update