नेपाल न्युज प्वाइन्ट डटकम
तीनकुनेको एक घरमा आगजनी

काठमाडौं : तीनकुनेको एक घरमा आगजनी भएको छ । राजावादी समूहले प्रदर्शन गर्दै ढुंगामुढा गरेको केही समयपछि घरमा आगजनी भएको हो । 

तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो ।

त्यसपछि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका थिए ।

ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update