नेपाल न्युज प्वाइन्ट डटकम
तीनकुनेबाट भागेर ‘धर्मगुरु’ पुष्कर खतिवडाको घर पुगेका थिए दुर्गा प्रसाईं, त्यहाँबाट स्याउ र केरा खाएर फरार

काठमाडौं : राजावादीको आन्दोलनलाई उत्तेजित र हिंस्रक बनाएर तीनकुनेबाट भागेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं धर्मगुरु भनिने पुष्कर खतिवडाको घर पुगेको पाइएको छ ।

शुक्रबार दिउँसो तीनकुने क्षेत्रलाई रणमैदान बनाउन उपस्थित राजावादीको भीडलाई उत्तेजित बनाएका प्रसाईं आफू त्यहाँबाट भागेका थिए ।

भागेका प्रसाईं इमाडोलस्थित खतिवडाको घर पुगेको प्रहरीले जनाएको छ । उनी आफ्नो घर पुगेको खतिवडाले प्रहरीलाई बयान दिएका छन् ।

खतिवडालाई ललितपुर प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update