नेपाल न्युज प्वाइन्ट डटकम
सुनमा मूल्य उच्चविन्दुमा

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

प्रतितोला छ सय रुपैयाँले बढेर आज एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार भने सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update