नेपाल न्युज प्वाइन्ट डटकम
माओवादी पदाधिकारी बैठकः उपाध्यक्ष महरा पक्राउबारे छलफल, निलम्बनबारे अनिर्णीत

काठमाडौं : नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जनकारी दिए । 

“छलफल जारी छ । विभिन्न कोणबाट हामी छलफल गरिरहेका छौं । छिट्टै निष्कर्षमा पुग्छौ”, प्रवक्ता सापकोटाले भने । पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छिट्टै निष्कर्षमा पुगिने उनको भनाइ छ । उनले नियमित बैठक बसेर एउटा धारणा सार्वजनिक गरिने जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० को प्रतिवेदनबारे जानकारी गराएका थिए ।

उपाध्यक्ष महरालाई सोमबार विहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । उनलाई  सोमबार नै काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update