नेपाल न्युज प्वाइन्ट डटकम
जरिवाना पत्र बोकेर गएको महानगर टोली निर्मल निवासको गेटबाट त्यसै फर्कियो

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको पत्र लिएर गएको काठमाडौं महानगर प्रहरीको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको छ । 

पूर्वराजा ज्ञानेन्द्रले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि जरिवानासम्बन्धी पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोली निर्मल निवासबाट त्यसै फर्किएको हो ।

चैत १५ गते काठमाडौंकाे तीनकुनेमा राजावादीले गरेका फोहोर र तोडफोडका प्रमुख योजनाकार पूर्वराजा शाह नै भएको ठहर गर्दै काठमाडौं महागरपालिकाले उनले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले पत्र बुझ्न नमानेपछि महानगरले अब हुलाकबाट पठाउने तयारी गरेको छ ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update