
काठमाडौं : राष्ट्रिय विज्ञापन संघ नेपालको अध्यक्षमा प्रदीपप्रसाद कोइराला सर्वसम्मतरुपमा चयन भएका छन् । राष्ट्रिय विज्ञापन संघ नेपालको पहिलो महाधिवेशनले मिडिया सोलुसन प्रा.लि.का कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सिटी एक्सप्रेस मिडिया प्रा.लि.का अमृतकुमार पन्थी चयन भएका छन् भने द्वितीय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का निर्वाचित भएका छन् । महासचिवमा मिडिया जर्नलका बिमल खड्का चयन भएका छन् भने सचिवमा नेपाल मिडिया हाउस प्रा.लि.का नवराज निरौला चयन भएका छन् ।
कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रा.लि.का अरुण आर्याल र सह-कोषाध्यक्षमा सिगास मिडिया हव प्रा.लि.का चन्द्रकान्ता अवस्थी चयन भएका छन् ।
सदस्यहरूमा स्वार्गद्वारी मिडिया प्रा.लि.का बसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रा.लि.का राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर डिजिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रा.लि.का सविन पोखरेल, तथा नेशनल डिया सर्भिस प्रा.लि.का अदिप पाठक निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदिप सत्यालले जानकारी दिए ।
संघको पहिलो महाधिवेशनको उद्घाटन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।