नेपाल न्युज प्वाइन्ट डटकम
रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।

सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा उनी सहभागी हुने भएका हुन् ।

सहकारी ठगी प्रकरणमा उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा मुद्दा चलिरहेको छ । 

गत कात्तिक २ गते प्रकाउ परेका उनलाई सहकारीको मुद्दामा अदालतले धरौटीमा छाडेको थियो ।

पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार पहिलो बैठकको सभापतित्व कार्यवाहक सभापति डीपी अर्यालले गर्ने र दोस्रो बैठकको सभापतित्व सभापति रवि लामिछानेले गर्ने जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update