गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै? दुलोभित्र पसेको हो?, सहकारी पीडितलाई न्याय खै लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० ११:३१
प्रतिक्रिया दिनुहोस्