नेपाल न्युज प्वाइन्ट डटकम
धवलशमशेर र रवीन्द्रसहितलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले नेताद्वयसहित ११ जनालाई  राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।

शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

आन्दोलनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update