नेपाल न्युज प्वाइन्ट डटकम
आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले तीनकुने घटनामा भएका सबै गतिविधि निन्दनीय र खेदजनक भएको बताउँदै घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताए । चैत १५ गते राजावादीहरूले आपराधिक घटना गरेको भन्दै पूर्वराजाले पनि उन्मुक्ति नपाउने उनको भनाइ थियो । उनले यो सबै घटनाको जिम्मेवार पूर्वराजा नै भएको दाबी गरे ।

साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update