नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध, प्रधानमन्त्रीको अभिव्यक्ति संसद्‌को रेकर्डबाट हटाउन माग

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लंघन गरेको भनेपछि राप्रपाले विरोध जनाएको छ।

सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान उल्लंघन गरेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यस लगतै राप्रपाले विरोध जनाएको हो ।

राप्रपाले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई संसद् रेकर्डबाट हटाउन पनि माग गरेको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फागुन २५ गते विमानस्थलमा स्वागत गरेको विषयमा प्रधानमन्त्रीले 'कथित' भनेको भन्दै उनले यसमा नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेका हुन् ।

प्रधानमन्त्रीबाट होच्याउने काम भएको पनि जिकिर गरेका छन् । त्यसबारे सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जानकारी संसद्लाई गराएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update