नेपाल न्युज प्वाइन्ट डटकम
अनलाइन जुवा खेलाएको आरोपमा ४ जना पक्राउ

काठमाडौं : अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट ३ महिलासहित ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् ।

उनीहरुको साथबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद भएका छन् । उनीहरुले क्यास एप, फायरक्रिन एप्लिेकशेनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update