नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली बैंकक प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन पनि बैंकक गएका हुन् ।

ओली थाइल्यान्डको औपचारिक भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update