नेपाल न्युज प्वाइन्ट डटकम
अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

काठमाडौं : गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । गृहले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गरेको हो ।

तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो ।

त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा भएका छन् ।

संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update