नेपाल न्युज प्वाइन्ट डटकम
राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल

काठमाडौं : सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा सहभागी नहुन अपिल गरिएको जानकारी गराए ।

गत शुक्रबार तीनकुनेमा घटेको घटनाबारे जानकारी गराउँदै उनले राजक गतिविधिहरूमा संलग्न नहुन अपिल गरे ।

उक्त प्रदर्शनका क्रममा घाइते भएकाको उपचार सरकारले गर्ने निर्णय भएको उनले जानकारी गराए । तीनकुने घटनाको सत्यतथ्य छानबिन गरी दोषिउपर कारबाही गर्न र अगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको उनले जानकारी दिए ।

घटनामा घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update