नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

काठमाडौं : विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका शिक्षकहरुले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । यसका लागि देशैभरबाट शिक्षकहरु काठमाडौ आउनेक्रम जारी छ ।

शिक्षक महासंघको अगुवाइमा सुरु आन्दोलनको पहिलो दिन बुधबार र्‍याली निकालिएको शिक्षकहरुले जनाएका छन् । उनीहरुको र्‍याली अहिले माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको छ ।

महासंघको सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा एक लाखबढी शिक्षक कर्मचारी सहभागी हुने अनुमान छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update