
काठमाडौं : काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनलाई लिएर सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेपछि उनलाई बोलाइएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले चैत १५मा भएको तीनकुने घटनाबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई चैत २२ को बैठकमा बोलाइएको समितिमा सभापति रामहरि खतिवडाले जानकारी दिए ।
चैत २२ गते बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री सहभागी हुने उनको भनाइ छ ।
समिति सदस्यहरूले राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकलाई १५ गतेको घटनाबारे जवाफ दिनका लागि बोलाउनुपर्ने माग गरेका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१ १५:४१
प्रतिक्रिया दिनुहोस्