नेपाल न्युज प्वाइन्ट डटकम
सुरेश रजकको पोस्टमार्टम : जलेर मृत्यु भएको पुष्टि, गोली लागेको भेटिएन

काठमाडौं : गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा मारिएका पत्रकार सुरेश रजकको बुधबार पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भएको हो ।

पोस्टमार्टम रिपोर्ट अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ । उनको शरीरबाट गोली नभेटिएको र मृत्युको कारण जलेर भएको निष्कर्ष निकालिएको चिकित्सकले बताएका छन् ।

रजकको श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखिएको चिकित्सकको भनाइ छ ।

उनको पोस्टमार्टम नहुँदै उनलाई गोली लागेको भ्रामक हल्ला फैलिएपछि पोस्टमार्टम गर्नुअघि एक्स रे गरिएको थियो ।

राजावादीले आगो लगाएका तीनकुनेस्थित भवनमा रजकको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । त्यस प्रदर्शनका क्रममा कीर्तिपुरमा सविन महर्जनको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update