नेपाल न्युज प्वाइन्ट डटकम
सुरेश र सविनको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने

काठमाडौं : सरकारले गत शुक्रबारको राजावादी प्रदर्शनका क्रममा मारिएका दुई जनाको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट राहत स्वरुप सो रकम दिने निर्णय भएको मन्त्रालयका सूचना अधिकृत रवीन्द्र आचार्यले जानकारी दिए ।

शुक्रबार पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । दुवैको शवको पोस्टमार्टम भइसकेको छ । महर्जनको गोली लागेर मृत्यु भएको थियो भने रजकको जलेर मृत्यु भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update