नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

आज सुन तोलामा एक हजार २ सयले बढेर १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update