नेपाल न्युज प्वाइन्ट डटकम
कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

विराटनगर : कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

सत्तारुढ गठबन्धनले राप्रपालाई कोशीको सभामुख दिने निर्णय गरेको थियो । त्यसमा एमालेले पनि उम्मेदवारी नउठाएपछि विष्ट निर्विरोध भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update