नेपाल न्युज प्वाइन्ट डटकम
गृहमन्त्री लामिछानेबारे संसदीय समितिबाट छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नै गलत जानकारी दिइएको बताउँदै अब कसरी निष्पक्ष छानबिन होला ? भन्दै प्रश्न गरे । उनले गृहमन्त्री लामिछानेविरुद्ध प्रधानमन्त्रीले प्रमाण छैन भनेपनि पर्याप्त प्रमाण भएको दाबी गरे ।

उनले सरकारीबाट रवि लामिछानेको नाममा पेश्की फच्छ्यौट भएको र प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको बताए ।

प्रतिनिधिसभाको मंगलबारकै बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका थिए । उनी कुनै सहकारीको सञ्चालक र व्यवस्थपन नभएको र उनको नाममा प्रवाह भएको ऋण फर्छ्यौट भएको देखिन आएकाले अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ब्रिफिङ आएको प्रधानमन्त्रीको दाबी थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update