नेपाल न्युज प्वाइन्ट डटकम
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न बालेनले खटाए नगर प्रहरी

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन मेयर बालेन शाहले नगर प्रहरी खटाएका हुन् । 

कमलादीस्थित काठमाडौं महानगरको कार्यालयमा एकातिर कर्मचारीहरु सबै वडाबाट जम्मा भएर प्रमुख प्रशासकयि अधिकृतको स्वागतका लागि बसेका छन् भने अर्कोतर्फ उनलाई रोक्न मेयरले नगर प्रहरी तैनाथ गरेका छन् ।

महानगरपालिकाले आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै उनीमाथि छानबिन गरेर जिम्मेवारीबाट हटाएको थियो ।

महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएकाले हाजिर गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update