नेपाल न्युज प्वाइन्ट डटकम
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश, नगर प्रहरीको रोक्ने प्रयास असफल

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालय प्रवेश गरेका छन् ।

उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर कर्मचारी र जनप्रतिनिधिले गुरागाईंलाई कार्यालय प्रवेश गराएका हुन् ।

बाक्लो संख्यामा परिचालिन नगरप्रहरीले रोक्न खोज्दा मुठभेडको अवस्था आएपनि कर्मचारी र जनप्रतिनिधिका अगाडि नगर प्रहरीको गुरागाईंलाई रोक्ने प्रयास असफल भएको छ ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update