नेपाल न्युज प्वाइन्ट डटकम
घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ३ हजार ९ सयले घटेर एक लाख ७६ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार तीन सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १२५ रुपैयाँले घटेर एक हजार ८ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update