नेपाल न्युज प्वाइन्ट डटकम
घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ९ सयले घटेर एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुनको मूल्य तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो । 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update