नेपाल न्युज प्वाइन्ट डटकम
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो ।

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update